दफा
महाप्रबन्धकको नियुक्ति
: (१) निगमको कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालक नियुक्त नभएको अवस्थामा नेपाल सरकारले महाप्रबन्धक नियुक्त गर्नेछ । निजको तलव, भत्ता र सेवाको अन्य शर्तहरू नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(२) महाप्रबन्धकको काम, कर्तव्य र अधिकार समितिले तोकेबमोजिम हुनेछ ।
(३) महाप्रबन्धकको कार्यावधि चार वर्षको हुनेछ र नेपाल सरकारले चाहेमा निजको कार्यावधि दुई वर्षसम्म बढाउन वा अर्को कार्यावधिको निमित्त पुन नियुक्त गर्न सक्नेछ ।